Loading...
Logo
Image

हेर्नुहोस् कुन कुन सवारी साधनमा जोर बिजोर लागू हुदैन

कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यकामा शुक्रबार राति देखि जोरबिजोर प्रणाली लागू गरिएको छ ।

कोरोना महामारी नियन्त्रण तथा रोकथाम गर्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले जोर बिजोर प्रणाली लागू गरेका हुन् । तर, अत्यावश्यक सेवाको हकमा भने जोरबिजोर प्रणाली लागू नहुने बताइएको छ ।

अत्यावश्यक सेवाका सवारीमा भने यो नियम लागू हुने छैन । औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन एम्बुलेन्स, दमकल शववाहन, ग्यास पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोक्ने सवारी साधनमा जोरबिजोर लागू हुने छैन ।

यस्तै खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अण्डा, माछामासु, पशुपन्छीका दाना एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधनमा चालक र सहचालक मात्रै बसेर सञ्चालन गर्न पाईनेछ । परिचयपत्रको आधारमा सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीहरुले आफ्नो सवारी साधन सञ्चालन गर्न पाउने प्रशासनले विज्ञप्ति मार्पत स्पष्ट पारेको छ भने परिचयपत्रको आधारमा बैंक, बीमा, वित्तीय संस्था, वायुसेवा, कम्पनीका कर्मचारीले प्रयोग गर्ने सवारी साधनमा पनि जोरबिजोर लागू हुनेछैन भने सूचना तथा प्रशारण विभागबाट जारी प्रेस पास र परिचयपत्र रहेका संचारकर्मीले प्रयोग गरेका सवारी साधन, सरकारी सवारी साधन, र कुटनैतिक नियोगका सवारी साधनमा पनि जोर बिजोर प्रणाली लागू हुने छैन ।

Comments