Loading...
Logo
Image

स्थानीय निर्वाचन पछि सार्ने निर्णय मान्य नहुने शेखर कोइराला समुहको निष्कर्ष

नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाको समूहले कुनैपनि बहानामा स्थानीय तहको निर्वाचन सार्ने निर्णय मान्य नहुने निष्कर्ष निकालेको छ ।

कोइराला नेतृत्वको समूहले निर्वाचनबारे पार्टीभित्र छलफल हुनुपर्ने माग गरेको छ । नेता कोइरालासहित कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, नेताहरु रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, मिनेन्द्र रिजाल, चन्द्र भण्डारी लगायत सहभागि भर्चुअल बैठकले पार्टीभित्र छलफल नगरी सभापति देउवाले अन्य पार्टीसँग सहमति गर्नुको कुनै औचित्य नभएको निष्कर्ष निकालेको हो  ।

छलफलका क्रममा नेता कोइरालाले विधानभन्दा बाहिर गएर गठबन्धनमा चुनाव सार्ने सहमति गरिए त्यो मान्य नहुने बताए ।

 आगामि निर्वाचनमा कांग्रेस एक्लै प्रतिस्पर्धा गर्नुपर्ने निष्कर्ष समेत निकालिएको सो बैठकमा कांग्रेसको १४ औं महाधिवेशनपछिको अवधीको समिक्षा पनि  गरिएको बताइएको छ । सो क्रममा नेताहरुले सभापति देउवाले एकलौटी निर्णय गर्न थालेको र पार्टीभन्दा गठबन्धनलाई प्राथमिकता दिएको बताएका थिए ।

Comments

KATHMANDU WEATHER