Loading...
Logo
Image

भारतको पहिलो निजी रकेट ‘विक्रम एस’ आज लञ्च गरिँदै

भारतको पहिलो निजी रकेट ‘विक्रम एस’ आज लञ्च गरिँदै छ । हैदराबादको एक निजी स्टार्टअप कम्पनी स्काइरुटले बनाएको भारतको पहिलो निजी रकेट ‘विक्रम एस’ आज लञ्च गर्न लागिएको हो । 

यसलाई श्रीहरिकोटास्थित इसराेकाे लञ्चिङ केन्द्र सतीश धवन स्पेस सेन्टरबाट लञ्च गरिने भारतीय मिडियाले जनाएका छन् । याेसँगै भारतको अन्तरिक्ष प्रविधिको ममिलामा निजी रकेट कम्पनीको प्रवेशको सुरुवात हुने छ । निजी कम्पनीले पनि आफ्ना ठूलो रकेट लञ्च गर्नसक्ने देशको सूचीमा पनि भारत पर्ने छ । यसलाई ठूलै उपलब्धिका रूपमा हेरिएको बीबीसी हिन्दीले लेखेको छ ।

इसरोका संस्थापक डा. विक्रम साराभाईको सम्झनामा विक्रम एसको नाम दिइएको हो । विक्रम सिरिजमा तीन प्रकारका रकेट लञ्च गरिँदै छ, जसलाई छोटो आकारका स्याटेलाइट्स लैजाने गरी विकसित गरिएको छ ।

विक्रम- १ यो सिरिजको पहिलो रकेट हो । विक्रम- २ र ३ ले भारी वजनलाई पृथ्वीको तल्लो कक्षमा पुर्‍याउन सक्नेछन् ।

विक्रम एसले तीन स्याटेलाइटलाई पृथ्वीको अन्तिम कक्ष (अरबिट) मा पुर्‍याउन सक्छ । यी तीनमध्ये एक विदेशी कम्पनीको र बाँकी दुई भारतीय कम्पनीका उपग्रह हुन् । स्काइरुटले पहिल्यै भनिसकेको छ, मे २०२२ मा रकेटको सफल परीक्षण गरिएको छ । कम्पनीले आफ्नो यो मिसनको नाम ‘प्रारम्भ’ राखेको छ । 

स्काइरुटको विज्ञप्तिअनुसार, विक्रम एसको लञ्चिङ १२ देखि १६ नोभेम्बरको बीच हुनुपर्ने थियो तर खराब मौसमका कारण यसलाई १८ नोभेम्बरमा लञ्च गर्न लागिएको हो । 

Comments

KATHMANDU WEATHER