Loading...
Logo
Image

यसरी सुरु भएको थियो विश्वकप फुटबल

उरुग्वेमा रंगशालाहरु खासै व्यवस्थित थिएनन्तर पनि युरोपली राष्ट्रहरुलाई पछि पार्दै दक्षिण अमेरिकी
राष्ट्र उरुग्वे विश्वकपको पहिलो संस्करण आयोजना गर्न सफल भएको थियो। सन्१९३० मा उरुग्वेमा
भएको पहिलो विश्वकपमा १३ टिम भाग लिएका थिए । अर्जेन्टिना, चिलि, फ्रान्स, मेक्सिको, युगोस्लाभिया,
ब्राजिल, बोलिभिया, आयोजक उरुग्वे, रोमानिया, पेरु, अमेरिका, पाराग्वे र बेल्जियम विश्वकपको पहिलो
संस्करणमा छनोट हुन सफल भएका थिए ।
सहभागी टिमलाई चार समूहमा विभाजित गरिएको थियो। एउटा समूहमा चार राष्ट्र सहभागी थिए भने
अन्य समूहमा ३–३ राष्ट्रसहभागी थिए । प्रतियोगितामा समूह चरणमा शीर्ष स्थान हात पार्दै अर्जेन्टिना,
युगोस्लाभिया, उरुग्वे र अमेरिकाले विश्वकपको सेमिफाइनलमा स्थान बनाएका थिए ।
पहिलो विश्वकपको पहिलो खेल फ्रान्स र मेक्सिकोबीच खेलाईएको थियो। भने फ्रान्सेली खेलाडी लुसियन
लाउरेन्टले विश्वकपको पहिलो खेलको १९ औ मिनेटमा गोल गरेका थिए । विश्वकप फुटबलकै इतिहासमा
यो पहिलो गोल हो। मेक्सिकोलाई ३–१ ले हराउदै फ्रान्सले यही खेलबाट विश्वकपको पहिलो खेल जित्ने
इतिहास बनाएको थियो।

त्यतिबेला अमेरिकालाई सेमिफाइनलमा ६–१ को फराकिलो अन्तरले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको
थियो। फाइनलमा अर्जेन्टिनासँगको भिडन्तलाई पक्का गर्ने क्रममा आयोजक उरुग्वेले युगोस्लाभियालाई
६–१ कै अन्तरले पराजित गरेको थियो । यसअघि सन्१९२८ को ओलम्पिकमा भिडेका दुई राष्ट्रहरु
अर्जेन्टिना र उरुग्वेले नै पहिलो विश्वकपको फाइनलमा स्थान बनाउन सफल भए । यो प्रतियोगितामा
तेस्रो स्थानका लागि भने कुनै भिडन्त नै भएको थिए । जुलाई ३० का दिन उरुग्वेको सेन्टेरियो रंगशालामा
पहिलो विश्वकप जितेर इतिहास रच्नका लागि मैदानमा दुई टिमहरु उत्रिएका थिए । पहिलो विश्वकपको
फाइनल खेल हेर्न ९३ हजार दर्शकहरु रंगशालामा आएका थिए । अर्जेन्टिनाबाट मात्रै १५ हजार समर्थकहरु
फाइनल भिडन्त हेर्न उरुग्वेको सेन्टेरियो रंगशालामा आएका थिए ।
फाइनल खेलमा अर्जेन्टिनालाई ४–२ ले हराउँदै आयोजक उरुग्वेले पहिलो विश्वकपको उपाधि हात पार्यो
। पहिलो विश्वकपको उपाधि जित्दै राष्ट्रिय फुटबल टोलिले इतिहास कायम गरेको भोलिपल्ट उरुग्वेमा
सार्वजनिक बिदाको घोषणा गरियो। यता अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा भने स्तब्ध समर्थकहरुले
उरुग्वेको राजदुतावासमा ढुंगा हाने। प्रतियोगितमा सर्वाधिक ८ गोल गर्ने अर्जेन्टिनाका गियुललेर्मो स्टेबिल
पहिलो विश्वकपको सर्वाधिक गोलकर्ता घोषित भए ।

पहिलो विश्वकपमा तीनवटा रंगशालाको प्रयोग गरिएको थियो । फाइनल खेल खेलाइएको रंगशाला
उरुग्वेको स्वतन्त्रता दिवसको अवसरमा बनाइएको थियो । यो रंगशालालाई अहिले पनि उरुग्वेलीहरु
स्वतन्त्रता तथा विजयको प्रतिकका रुपमा हेर्छन ।
पहिलो विश्वकप आयोजना हुँदा फिफा सदस्य देशको सङ्ख्या जम्मा ४१ थियो । त्यो बेला छनोट चरण
प्रतियोगिता भएको थिएन । तसर्थ पहिलोविश्व कपमा मात्र १३ देशले भाग लिएका थिए ।
त्यसो त दोस्रो विश्वकपमा सहभागी देशको सङ्ख्या धेरै भएकोले उनीहरूबीच छनोट प्रतियोगिता गराइएको
थियो । छनोट चरण पार गरेका १६ टोली फाइनल चरणको प्रतिस्पर्धाका लागि छनोट भएका थिए ।
त्यसपछि लामो समयसम्म छनोट चरण र त्यही १६ देशबीच फाइनल प्रतिस्पर्धा गराइने क्रम जारी रह्यो

बिस्तारै सदस्य सङ्ख्या र खेलको स्तर बढ्दै गएकोले सन्१९८२ को १२औं विश्वकपदेखि यसलाई बढाएर
२४ देश पु¥याइयो । विश्वकपमा भाग लिन चाहने देशको सङ्ख्या झनै बढ्न थालेपछि सन्१९९८ को
१६औँ संस्करणदेखि विश्वकप फाइनल चरणका लागि छनोट हुने देशको सङ्ख्या ३२ पु¥याइएको हो ।
कतारमा आइतबारबाट सुरु हुने यस २२औँ संस्करणसम्म सहभागी सङ्ख्या ३२ नै रहनेछ ।

सहभागी सङ्ख्या बढ्दाको बहस
फिफाले सन् २०२६ को विश्वकप फुटबलमा सहभागी सङ्ख्या ३२ बाट बढाएर ४८ पु¥याउने निर्णय
यसअघि नै गरिसकेको छ । फिफाको यस निर्णयलाई विश्व भरका फुटबल समर्थकले दूरगामी प्रभाव
पार्ने निर्णयको रुपमा चर्चा गरेका छन्।

यसअघि फाइनलमा पुग्ने ३२ टोलीलाई आठ समूहमा विभाजन गरिँदै आइएको थियो । सहभागी सङ्ख्या
बढेपछि अब सुरुमा तीन तीन टोली सम्मिलित १६ समूहमा प्रारम्भिक प्रतिस्पर्धा हुनेछ । त्यसपछि मात्र
अन्य चरणका खेल हुनेछन्। यस्तोमा एउटै संस्करणको विश्वकपमा ८० खेल हुनेछन्। यसले विश्वकप
चल्ने दिन पनि स्वतः बढ्नेछ ।
फिफाको यस निर्णयलाई लिएर ठूला वादविवाद र बहससमेत भइरहेको छ । कतिपय देशले खुलेर यसको
समर्थन गरेका छन् भने कतिले विरोध गरिरहेको अवस्था छ । विरोध गर्नेमा युरोप र दक्षिण अमेरिकी
देशहरू अगाडि छन्। उनीहरूको तर्क छ, ।।।।।।विश्व कपमा सहभागी टोली बढाउनु यसको गुणस्तर खस्किनु
हो । अब्बल दर्जाको फुटबल स्तर नभएका देश पनि विश्वकपमा छनोट हुनेछन् । यसले विश्वकपको
स्तरलाई कमजोर बनाउनेछ ।’’
विश्व फुटबलमा लामो समयदेखि आफ्नो प्रभुत्व जमाउँदै आएका युरोप र दक्षिण अमेरिकी देशहरू
वास्तवमै पारम्परिक फुटबल चाहन्छन् । ताकि उनीहरूको आफ्नो प्रभाव नघटोस् । मुख्यगरी युरोपका
प्रमुख ठूला र धनी क्लब फिफाको निर्णयविरुद्धमा छन्।
विश्वकप लामो समय चल्दा युरोपका क्लब फुटबलमा असर पर्ने र आफ्ना खेलाडी गुमाउनु पर्ने त्रास
उनीहरूमा छ । कतारले आयोजनाको अधिकार पाएपछि विश्वकप गर्मी मुलुक कतारमा गरिनु हुन्न
भन्नेमा देशहरूमा पनि युरोप र दक्षिण अमेरिकी देश अगाडि थिए । यसअघि जुन जुलाईमा हुँदै आएको
विश्वकप कतारमा नोभेम्बर र डिसेम्बरमा गर्दा युरोप र दक्षिण अमेरिकी व्यावसायिक लिग र तालिकालाई
असर पर्ने उनीहरूको तर्क थियो ।
एसिया र अफ्रिकी देश उत्साहित
यता विश्वकपमा टोली बढाउने फिफाको निर्णयले एसिया र अफ्रिकी देशहरूलाई भने खुसी बनाएको छ
। सहभागी सङ्ख्या बढ्दा एसिया र अफ्रिकाले धेरै टोली पाउने सम्भावना बढ्छ । त्यसपछि धेरैले विश्वकप
मेरो पनि हो भनेर स्वामित्व लिने फुटबल विश्लेषकहरूको ठहर छ ।
जनसङ्ख्या र भूगोलको दृष्टिले पनि एसिया र अफ्रिका अगाडि छ । अझ पछिल्लो समय एसिया र अफ्रिकन
फुटबलको स्तर धेरै माथि गएको छ । अहिले विश्व फुटबलको सबैभन्दा ठूलो व्यापार केन्द्र एसिया भएको
छ । त्यसमा चीन र भारत अगाडि आएका छन्।
विश्वकपमा अहिले एसियाबाट आयोजक कतारसहित जापान, दक्षिण कोरिया, इरान, अष्ट्रेलिया र साउदी
अरब गरी ६ देशको सहभागिता छ । कतारले आयोजकको हिसाबले सहभागिता सुनिश्चित गरेको हो ।
फिफाले अर्को संस्करणबाट एसियाको केटा बढाएर नौ र अफ्रिकाबाट १० टोलीको सहभागिता सुनिश्चित
गरेको छ । यसपटक अफ्रिकाबाट क्यामरोन, मोरोक्को, ट्युनिसिया, घाना र सेनेगल गरी पाँच टोलीको
सहभागिता छ ।

एसियाको कोटा बढेसँगै आर्थिक वृद्धिले माथि रहेका र जनसङ्ख्याको हिसाबले समेत अब्बल विश्वका दुई
ठूला देश चीन र भारतले समेत विश्वकपमा आँखा लगाइरहेको अवस्था छ । चीन अघिल्लो विश्वकपको
सर्वाधिक ठूलो प्रायोजक देश थियो ।
युरोप तथा अमेरिकी फुटबलरको व्यावसायिक गन्तव्यसमेत अहिले चीन र भारतीय फुटबल क्लब बन्न
थालेको छ । यसले विश्वकपमा भारत र चीनको सम्भावनाको ढोका बिस्तारै खुलेको बुझ्न सकिन्छ ।
युरोपको सानो टुक्रो आइसल्यान्ड जस्तो देशले विश्वकप फुटबल खेलिसकेको अवस्थामा सहभागी सङ्ख्या
बढाउँदा दक्षिण एसियाको सानो मुलुक नेपाल र भुटानले समेत विश्वकप सहभागिताको सपना देख्ने ठाउँ
पैदा भएको छ ।
एसियाली सानो देश कतारलाई विश्वकपको रापले तताउँदै गर्दा अमेरिका, क्यानडा र मेक्सिकोमा
आयोजना हुने अर्को विश्वकपमा सहभागी देशको सङ्ख्या ४८ पु¥याउने फिफाको निर्णयले नेपाल जस्ता
धेरै देशलाई खुसी तुल्याएकोछ ।
उपाधि चुम्ने आठ देश मात्र
विश्वकप फुटबलले २१औँ संस्करण पूरा गर्दा आठ देशले मात्र उपाधि चुमेका छन्। दोस्रो विश्वयुद्धका
कारण सन्१९४२ र १९४६ मा विश्वकप फुटबल भएन । विश्वकप उपाधि जित्नेमा ब्राजिल सबैभन्दा
अग्रणी टोली हो । ब्राजिलले पाँच पटक सन्१९५८, सन्१९६२, १९७०, १९९४ र २००२ को उपाधि
जितेको थियो । ब्राजिल २२औँ संस्करणसम्म सबै विश्वकप खेल्ने एक्लो टोली पनि हो । ब्राजिलपछि जर्मनी
र इटालीले चार चार पटक, अर्जेन्टिना, उरुग्वे र फ्रान्सले दुई दुई पटक अनि इङ्गल्यान्ड र स्पेनले एक
एक पटक उपाधिको स्वाद चाखेका छन्।
हालसम्म १३ देशले विश्वकप फाइनल खेलेका छन् । आठ देश विजेता बन्दा बन्दा चेकोस्लोभाकिया,
हंगेरी, स्विडेन, नेदरल्याण्ड्स र क्रोएसिया फाइनल पुगेर पनि उपाधिबाट वञ्चित भएका थिए ।

श्रोत बिश्वघटना 

Comments

KATHMANDU WEATHER