Loading...
Logo
Image

२२औं सस्करणको विश्वकप फुटबलको बारेमा केही रोचक जानकारीहरु

पहिलो विश्वकप आयोजना भएको २० वर्षपछि कतारले दोस्रो विश्वकप आयोजना गर्ने मौका पाएको छ ।
बिश्वमै फुटबल खेललाई एउटा पर्वजस्तै मनाउने गरिन्छ । मतलब यसका समर्थक र प्रसंसकहरु बिश्वभरि रहेका छन् । चाहे आफ्नो देशले खेलमा भाग लिओस अथवा नलिओस समर्थकहरुले उत्तिकै हौसिएर मनोरञ्जन लिइरहेको पाईन्छ । तर यस पटकको कतार विश्वकप २०२२ मा भने केही फरक दृष्यहरु देख्न पाईने छ । जुन कतार पुग्ने समर्थकहरुका लागि भने मन नपर्न सक्छ ।
बडी सो’ गर्न नपाउने
विश्वकपमा समर्थकहरूले आफ्ना खेलाडीलाई भरपूर समर्थन गर्न सक्छन । तर, उनीहरूले रंगशाला तथासडकमा आफूले चाहेकोजस्तो समर्थन गर्न पाउने छैनन । आयोजक कतारले सहभागी ३२ टोलीकासमर्थक तथा अन्य व्यक्तिमाथि अंकुश लगाउँदै कडा नियम बनाएको छ । अझ पुरुषभन्दा महिला समर्थकको हक झनै कडा नियम छ । आयोजकका अनुसार महिला समर्थकले रंगशालाभित्र वा बाहिर
शरीर खुल्ने गरी एक्सपोज गर्न पाइनेछैन ।
महिलाले शरीरलाई एक्सपोज गर्ने किसिमको कुनै पनि पहिरन लगाउन नपाउने नियम बनाइएको छ । यदि नियमविपरीत यस्तो पहिरन लगाए ती महिला समर्थकलाई कतारको कानुनअनुसार कारबाही हुन सक्छ । विदेशबाट आउने महिला समर्थकले अनिवार्य रूपमा काँधदेखि घुँडासम्म छोप्ने लुगा लगाउनुपर्नेछ । कतार सरकारले विदेशी महिलालाई टाइट किसिमका कपडा नलगाउन निर्देशन दिएको छ । महिलालाई मात्र नभएर टाइट किसिमको पहिरन पुरुषले पनि लगाउन पाउनेछैनन । कतार सरकारले विश्वकपमा आफ्नो मौलिक पहिचान तथा संस्कृतिमाथि कुनै असर नपरोस्भनी यस्तो नियम जारी गरेको जनाएको छ । हामीले विश्वकप अवधिभरि लागू गरेको नियम कसैले तोडे, कतारको नियमअनुसार कारबाही हुनेछ,’ आयोजकले भनेको छ । रंगशालाभित्र विदेशी तथा स्वदेशी दर्शकको गतिविधि हेर्न उच्च प्रविधिको क्यामरा जडान गरिएको छ । यसले दर्शकका सबै गतिविधि रेकर्ड गर्छ। नियमविपरीत कुनै गतिविधि भए खेलपछि जाँचका लागि सो क्यामरालाई प्रयोग गरिनेछ । नियम उल्लंघन गरेका समर्थक कारबाहीमा पर्नेछन ।

रंगशालाभित्र मदिरा प्रतिबन्ध

फुटबलको सर्वोच्च निकायले कतार विश्वकपमा प्रयोग हुने रंगशालाका निश्चित क्षेत्रमा समर्थकले ड्रिंक्स गर्न पाउने जनाएको थियो। फिफाको यस निर्णयले समर्थकहरू निकै खुसी भएका थिए । तर, शुक्रबार आयोजक कतारले रंगशालाभित्र मदिरा तथा अन्य ड्रिंक्स गर्न नपाउने जनाएको छ । रंगशालाभित्र कुनै पनि प्रकारका मदिरा बिक्री तथा सेवन गर्न पाइनेछैन,’ जारी विज्ञप्तिमा भनिएको छ । २२औँ संस्करणको विश्वकप सुरु हुन एक दिनअघि कतारले यस्तो निर्णय लिँदा समर्थक निराश बनेका छन । विशेष गरी विश्वकपमा युरोपियन तथा दक्षिण अमेरिकन समर्थक रंगशालाभित्र मदिरा तथा बियर प्रयोग गर्न रुचाउँछन । रसिया विश्वकपमा रंगशालाभित्र अत्यधिक मात्रामा बियर बिक्री भएको थियो। इस्लामी नियमअनुसार सार्वजनिक रूपमा मदिरा सेवन गर्न अनुमति नदिएको कतारले जनाएको छ । फिफाले आयोजक कतारका पदाधिकारीसँग रंगशालाभित्र बियर तथा मदिरा सेवन गर्न पाउनुपर्ने भनी छलफल गरेको जनाएको छ । तर, छलफलमा कतारले देशको नियमअनुसार अनुमति दिन नसकिने बताएको फिफाले जनाएको छ । आयोजकका पदाधिकारी र फिफाका केही सदस्यबीच छलफल गरेका थियौँ, लाखौँ दर्शकले रंगशालाभित्र विश्वकपलाई उत्सवका रूपमा लिनेछन्, उनीहरूले बियर र मदिराको चुस्की लिँदै मनोरञ्जनसमेत गर्नेछन्, समर्थकलाई स्वतन्त्रता प्रदान गर्न मदिरा र बियर प्रयोग गर्न पाउनुपर्छ भनी प्रस्ताव राखेका

थियौँ,’ फिफाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ।।।तर, उनीहरू हाम्रो प्रस्ताव मान्न तयार भएनन ।’ आयोजक कतारले समर्थकलाई ननअल्कोहल’ भएको बियरमाथि प्रतिबन्ध लगाएको छैन । कतारले विश्वकपभरि मदिरा बिक्री–वितरणमा कडा बनाएको छ । लाइसेन्सप्राप्तले मात्र यो प्रयोग गर्न सक्छन । यद्यपि, सार्वजनिक क्षेत्रमा विदेशी तथा स्वदेशी मदिराका साथ देखिँदा कारबाही हुन सक्छन ।

बस्ने स्थानको कमी
कतार आकारको हिसाबमा विश्वका १०० ठूला सहरभन्दा पनि सानो छ । यस्तोमा कतारले यसअघिका विश्वकपमा जस्तो सबैलाई राम्रो आवासको व्यवस्था भने गर्न सक्दैन । गत र्माचमा कतारमा केवल ३ हजार होटल रुम थिए । आधिकारिक तथ्यांकअनुसार यो विश्वकपमा विश्वभरबाट करिब १५ लाख मानिस आउने अपेक्षा गरिएको छ । तर दुखको कुरा त के हो भने आयोजकले एक लाख ३० हजार कोठाको प्रबन्ध गर्न सक्ने बताएको छ । यसको अर्थ कतारमा फुटबल हेर्न जाने मानिसहरुले ओमान, साउदी र यूएईजस्ता मुलुकमा बस्नुपर्ने हुन सक्छ । खेल हेर्नका लागि उनीहरु हरेक दिन विमानमार्फत आउनुपर्ने हुन सक्छ । यो त भयो कतार विश्वकप २०२२’ मा कतार पुग्ने समर्थकहरुले भोग्नु पर्ने समस्याहरु । अब हामी तपाईहरुको मनमा रहेको एउटा जिज्ञासा आखिर । कतार विश्वकप २०२२’ मा जित्ने टोलीहरुले के कस्तो धनराशि पाउँछन त ? यसको बारेमा चर्च गर्ने छौ ।

 

विश्वकपमा बिजयी टिमले पाउने धनराशि
२२औँ फिफा विश्वकप फुटबल प्रतियोगिता ४ मंसिर बाट कतारको दोहामा सुरु भएको छ । प्रतियोगितामा ३२ राष्ट्रले प्रतिस्पर्धा गरेका छन्भनेसहभागी सबै टोलीले २६ खेलाडीको अन्तिम सूची बनाएका छन । आयोजनाको हिसाबले कतार विश्वकप अहिलेसम्मकै महँगो मानिएको छ । कतारले आयोजना गर्न दुई सय २९ बिलियन पाउन्ड खर्च गरेको छ । कतारले प्रतियोगितालाई इतिहासकै उत्कृष्ट
आयोजना बनाउन अत्याधुनिक आठ रंगशाला तथा होटेल निर्माण गरेको छ । विश्वलाई केन्द्रित गर्न सक्ने माहोल बनाएका कारण नै कतारको बजेट महँगो हुन गएको हो। कतार विश्वकपमा ३२ टोलीले भाग लिँदै छन । फिफाले समूह चरणबाट बाहिरिनेदेखि विश्वविजेता
टोलीलाई आकर्षक धनराशि व्यवस्था गरेको छ । पुरस्कार रकममै फिफाले १४ करोड ४४ लाख डलर खर्चनेछ । सन् २०१८ को रसिया विश्वकपको तुलनामा कतारमा विजेता धनराशि बढेको छ । यसपटक४० मिलियन डलर विजेता धनराशी बढेको फिफाले जनाएको छ । रसियामा विजेता धनराशि ३८ मिलियन लर थियो। कतार विश्वकपको बजेट ४.६ बिलियन रहेको छ । फिफाले टेलिभिजन राइट्सबाट २.६ बिलियन डलर आर्जन गरिसकेको छ । फिफाले आयोजक राष्ट्रलाई पनि आर्थिक सहयोग गरेको छ । २२औँ संस्करणको यस खेलमा विजेताले चार करोड २० लाख डलर पाउनेछ । कतार आयोजक राष्ट्रभए पनि सबै व्यवस्थापन फिफाले नै हेर्छ। फिफाले प्रतियोगितामा सहभागी हुने खेलाडी, अफिसियल तथा रेफ्री कमिटीका पदाधिकारीहरूलाई आवतजावत खर्च, बस्ने तथा खाने सुविधा प्रदान गर्छ। प्रत्येक सहभागी खेलाडीले तीन लाख ७० हजार डलरसमेत पाउँछन । फिफाले सन्२००६ को जर्मन विश्वकपपछि प्रत्येक संस्करणमा विजेता धनराशि बढाउँदै लगेकोछ । जर्मनीले विश्वकप आयोजना गर्दा विजेताले २० मिलियन डलर पाएको थियो। जर्मनीमा इटालीले चौथोपटक विश्व च्याम्पियन ट्रफी उचालेकोथियो। सन्१९८२ को विजेता इटालीले केवल २.२ मिलियन डलर हात पारेको थियो।

आम्दानीको स्रोत

यति बेला जो कोहीको मनमा लाग्न सक्छ । अर्बौ खर्च हुँने यस खेलमा आखिर आम्दानी चाही कहाँबाट हुँन्छ त ? विश्वकप आयोजक राष्ट्र तथा फुटबलको सर्वोच्च निकायले प्रतियोगिता सफलतापूर्वक सम्पन्नगर्न अर्बौं डलर खर्च गर्छन । आयोजक तथा फिफाले प्राप्त आम्दानीबाटै खर्च गर्छन । यसपटक कतारमासहभागी हुने प्रत्येक राष्ट्रले १.५ मिलियन डलर तिरेका छन । नकआउट चरणदेखि फाइनलसम्म खेल्ने राष्ट्रले थप रकम बुझाउनु पर्दैन । साथसाथै, टोलीहरूले प्रत्येक खेल जित्दा र अर्को चरणमा पुग्दा आम्दानी पनि गर्छन । ठूलो खर्चका बाबजुद फिफाको आम्दानी राम्रो नै हुन्छ । सन् २०१८ मा फिफाले रसिया विश्वकपबाट ६ अर्ब ४० करोड डलर आर्जन गरेको थियो।
सन्२०१८ मा फिफाले चार अर्ब ६० करोड डलर प्रसारण अधिकार बिक्रीबाटै प्राप्त गरेको थियो। फिफा र आयोजकको सबैभन्दा मुख्य आम्दानीको स्रोत नै प्रसारण अधिकार हो। कतार विश्वकपमा पाँच अर्बभन्दा धेरैले टेलिभिजनमा फुटबल हेर्ने अनुमान फिफाले गरेको छ । फिफा र कतारले खेलमा विज्ञापन राख्न विश्वचर्चित ब्रान्डहरूलाई अनुमति दिएको छ । यद्यपि, ती ब्रान्डले विज्ञापन राखेबापत फिफालाई पैसा बुझाउनुपर्छ। त्यसपछि रंगशालामा दर्शकले किनेको टिकटबाट प्राप्त हुने रकम हो। फिफाले २०१८ मा विज्ञापनबाट एक अर्ब ६६ करोड डलर आर्जन गरेको थियो। सन्२०१८ मा टिकटबाट मात्र ७० करोड  १२ लाख डलर आर्जन भएको थियो।

बोनसको आकर्षण
विश्वकपको एउटा आकर्षक पक्ष खेलाडीले राम्रो आम्दानी गर्छन । सहभागी राष्ट्रका सम्बन्धित फुटबल निकाय वा सरकारले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि खेलाडीलाई बोनस घोषणा गर्छन । यद्यपि, खेलाडीले क्लब तथा राष्ट्रिय टोलीबाट प्रत्येक महिना पारिश्रमिक पाउँछन्नै। विश्वकपमा राम्रो प्रदर्शन गर्दा उनीहरू थप मालामाल हुन्छन । फिफाले समेत खेलाडीलाई हौसला प्रदान गर्न कुनै रोक लगाएको छैन ।

सन् २००६ को आयोजक जर्मनीले आफ्ना खेलाडीलाई विश्वकप उपाधि जित्दा थप चार लाख डलर बोनस दिने घोषणा गरेको थियो। यसपटक अस्ट्रेलियाले विश्वकप छनोट भएसँगै खेलाडीलाई दुई लाख २६ हजार डलर बोनस दिएको थियो। विश्वकपको नकआउट चरण प्रवेश गर्दा अस्ट्रेलियन खेलाडीलेथप दुई लाख ९० हजार डलर पाउनेछन । विश्वकपभरि नै यस्तै किसिमको घोषणा विभिन्न राष्ट्रले गर्ने
गर्छन ।

श्रोत बिश्वघटना

Comments

KATHMANDU WEATHER