Loading...
Logo
Image

अब बच्चा मेसिनले जन्माईदिने छ, कृतिम गर्भबाट यसरी बढ्ने छ संसारको जनसंख्या

अहिले पृथ्वीमा मानिसको जनसंख्या आठ अर्ब पुगेको छ । यसरी मानिसको जनसंख्या दु्रत गतिमा बढेसंगै बिश्वमा चिन्ता थपिएको छ । किनकी अधिक जनसंख्याको मतलब अधिक उपभोग, अधिक उपभोगका लागि अधिक उत्पादन अनि अधिक उत्पादनको मतलब प्राकृतिक स्रोत र साधनको चरम उपयोग । जसको कारण पृथ्वीमै जीबनको संकट आउन सक्छ ।

अहिले मानिसको दिमागमा यो समस्याले सताउन थालेको छ । त्यसो त अहिले पृथ्वीमा मानिसको जनसंख्या ८ अर्ब पुगेर मानिसहरु चिन्तित भएको अवस्थामा यता बिश्वका चर्चित उद्यमी एलोन मस्क भने पृथ्वीमा जनसंख्या कम हुने चिन्ता गरिरहेका छन् । उनका अनुसार पृथ्वीमा जनसंख्या बढिरहेको नभएर क्रमशः घटिरहेको छ । तपाईको जीवनको सार्थकता के हो?’ भनेर सोधिएको एक प्रश्नको जवाफमा अमेरिकी अर्बपति एलोन मस्कको उत्तर थियो, मंगल ग्रहमा मानिसको बस्ती बसाउनु नै मेरो जीवनको सार्थकता हो ।’ त्यसैले अब जनसंख्या बढाउनु पर्छ । उनको चिन्ता यो छ कि यदि पृथ्वीमा मानिसहरुले सन्तान जन्माउन छोडे र जनसंख्या कम भयो भने पृथ्वीमै स्रोत र साधन प्रयाप्त हुँनेछ त्यसैले मानिसहरु पृथ्वी छोडेर अर्को ग्रहमा जान इच्छुक हुँने छैनन । हो, त्यही भएर अब पृथ्वीको जनसंख्या कुनै पनि प्रकारले बढाउनुपर्ने हुन्छ ता कि मानिसहरू पृथ्वी छोडेर मंगल ग्रहमा जान तयार हुन् । त्यस्तो अवस्थामा कृतिम गर्भ अर्थात् सेन्थेटिक वोम्बको माध्यमबाट नै भए पनि सन्तान उत्पादन गर्नुपर्छ र विश्वको जनसंख्या बढाउनुपर्छ । बढाउन नसके पनि स्थिर राख्नुपर्ने हुन्छ ।  

हुँन त अहिले पृथ्वीको जनसंख्य बढ्दै गयो भनेर चिन्ता गरिदै छ तर यथार्थमा संसारमा जनसंख्या् घट्दो अवस्थामा छ । विज्ञहरूको प्रक्षेपण अनुसार भविश्यमा भारत वा नेपालमा मात्रै नभएर एउटा निश्चत विन्दुमा पुगेपछि विश्वकै जनसंख्या घट्न थाल्ने छ । अहिले भारतको जनसंख्या लगभग एक अर्ब ४१ करोडको हाराहारीमा रहेको छ । सन् २०४८ सम्ममा यहाँको जनसंख्या अधिकतम एक अर्ब ६० करोड पुग्ने आँकलन गरिएको छ । त्यसपछि भारतको जनसंख्या पनि घट्न थाल्नेछ । अबको ७८ वर्षपछि भरतको जनसंख्या घटेर एक अर्ब नौ करोड मात्र बाँकी रहनेछ । संयुक्त राष्ट्रसंघको रिपोर्ट अनुसार अहिलेकै जनसंख्यालाई यथा स्थितिमा राख्ने हो भने प्रत्येक महिलाले दुई दशमलब एक स्वस्थ्य बच्चा जन्माउनु पर्नेहुन्छ । यसलाई टीएफआर भनिन्छ । यदि टीएफआर दुई दशमलब एकभन्दा तल आयो भने अहिलेको स्थितिमा जनसंख्या रहने छैन । सन्२०६४ मा विश्वको जनसंख्या सबैभन्दा उच्च विन्दुमा पुग्नेछ । त्यतिबेला संसारको जनसंख्या नौ अर्ब ७० करोड पुग्नेछ । त्यसपछि विश्वको जनसंख्या क्रमिक रूपले घट्न थाल्ने छ र सन्२१०० सम्ममा विश्वको जनसंख्या आठ अर्बमा झर्नेछ । शिक्षा र अधुनिकताको विकाससँगै अहिले महिलाहरूले बच्चा जन्माउने क्रम प्रतिदिन घट्दै गइरहेको छ ।
त्यसो त जनसंख्या घट्नुका कारणहरु त धेरै छन्तर यसको मुख्य कारण भित्र असमान ज्याला पनि हो । यही असमान पारिश्रमिकका कारण महिलाहरूले बच्चा जन्माउन कम गर्नाले विश्वमा जनसंख्या घट्दो क्रममा छ । विवाहित महिलाले बच्चा जन्माएपछि आफूले गरिरहेको काम छोड्न्पर्ने वा पारिश्रमिकमा कमी आउने हुनाले उनीहरूले सकेसम्म बच्चा नजन्माउने वा जन्माइहाले पनि एक वा दुईवटा मात्रै जन्माउन थालेका छन् । अर्कोतर्फ शरीरको सुरक्षा गर्ने महिलाहरूले आफ्नो सुन्दरतामा कमी आउने ठानेर पनि बच्चा जन्माउन आनाकानी गरिरहेका छन्। यसरी जनसंख्या घट्नुमा एलोन मस्को चिन्ताको कारण भने अलि फरक छ । यदि पृथ्वीमा नै मानिसको जनसंख्याकोकमी भयो भने मंगल ग्रहमा को जान्छ ? यति धेरै लगानी गरेर उनले मंगल यात्राका लागि योजना र स्पेसक्राफ्टहरू बनाइरहेका छन् । त्यसको प्रयोग गर्ने मानिस भएनन् भने उनको व्यापार त चौपट हुने नै भयो । त्यसकारण अहिलेको जनसंख्यालाई यथास्थितिमा राख्नका लागि पनि सेन्थेटिक वोम्बको माध्यमबाट बच्चा जन्माउनुपर्ने हुन्छ । उनको यही प्रतिक्रियाका कारण अहिले कृतिम गर्भ अर्थात्सेन्थेटिक वोम्बको चर्चा यति धेरै चुलिएको हो ।

संसारका अधिक जनसंख्या भएका चीन भारत, अमेरिकाजस्ता देशमा जनसंख्या घट्दो क्रममा छ भने विश्वको एउटै मात्र देश यस्तो छ जसमा सन्२१०० सम्म जनसंख्या वृद्धि हुने देखिएको छ । यसरी जनसंख्या वृद्धि हुने देश हो नाइजेरिया ।अब यहाँ प्रश्न उठ्छ यो कृतिम गर्भले कसरी काम गर्छ त ? के यो व्यवहारिक रूपमा सम्भव छ ? एउटी महिलाको शरीरमा कसरी कृतिम गर्भ लगाउन सम्भव छ ? वास्तवमा महिलाको शरीरमा यस्तो गर्भ लगाउन सम्भव छैन । मुख्य कुरा त के हो भने कृतिम गर्भ महिलाको शरीरमा लगाउने कुनै साधन होइन । मतलब योत महिलाको गर्भ जस्तै गरी तयार गरिएको सन्तान उत्पादन गर्ने एउटा मेसिन हो । सन् २०१९ मा वैज्ञानिकहरूले यस्तै मेसिन प्रयोग गरेर भेडाको बच्चा जन्माएका थिए । मतलब यो कुनै कल्पना मात्र हैन । किनकी बैज्ञानिकहरुले कृतिम गर्भ प्रयोग गरेर भेडाको बच्चा सफलताका साथ जन्माइसकेका छन् । यसैगरी मानिसको बच्चा पनि उत्पादन गर्न सकिन्छ भनेर नेदरल्यान्ड तथा अमेरिकामा पनि यसको प्रयोग भइरहेको छ । समयभन्दा पहिले अर्थात् ३७ हप्ताभन्दा पहिले नै जन्मने बच्चालाई बँचाउनका लागि पनि यो प्रयोग उपयोगी सावित हुने वैज्ञानिकहरूको भनाइ छ । यसरी उत्पादन भएको जनसंख्या एलन मस्कको योजनाअनुसार मंगल ग्रहमा बस्न जान्छ कि जाँदैन त्यो त ग्यारेन्टी छैन तर यो प्रयोग वास्तवमै सफल भयो र सर्वसाधारणको पहँुचसम्म आइपुग्यो भने मानिसहरूले बच्चा नै जन्माउन छोड्ने सम्भावना भने पक्कै बढेर जान सक्छ ।

एलोन मस्कको धेरै जनसंख्या उत्पादन गर्ने यो सोचले कतै अझै जनसंख्या घटाउँदै लैजाने त होइन ? त्यसतर्फ पनि सोच्नुपर्ने बेला आएको छ किनकि मेसिनले बच्चा जन्माइदिन थालेपछि कसले नौ नौ महिनासम्म आफ्नो गर्भमा बोक्ने कस्ट उठाउला र ? यसको उत्तर भने समयले नै दिनेछ ।

श्रोतः विश्वघटना

Comments