Loading...
Logo
Image

सरोगेसी के हो ? के यो नेपालमा बैधानिक छ ?

जसरी बिर्यदान गर्ने पुरुषले आफ्नो पुरुषत्व देखाउने विर्यवाट जन्मिने सन्तान छोरा, छोरी वा तेस्रो कुन लिंगको वच्चा जन्मियो थाहा पाउँदैन र आफू बाबु हुँ भनेर गर्भ गर्न सक्दैन । ठिक त्यसैगरी कोख भाडामा दिनेसरोगेसी आमा जसले वच्चा जन्माइदिएबापत आर्थिक लाभ त लिन सक्छिन तर जन्मिएको बच्चामा उनको कुनै हक अधिकार हुँदैन । मतलब उनले त्यस बच्चाको आमा हुँ भनेर दाबी गर्न सक्दिनन् ।
विर्यदानद्वारा गरिने कृतिम गर्भाधान र सरोगेसी आमाबाट वच्चा जन्माउने प्रक्रियाले समाजमा बाँझोपनबाट जोगाउन गरिने २१औँ शताब्दीको महत्वपूर्ण उपलब्धि नै मान्नुपर्दछ । विर्यदान गर्ने पुरुष र कोख भाडमा दिनेमहिला दुवै सांस्कृतिक, सामाजिक एवं कानुनी दृष्टिले बाबु र आमा हुन सक्दैनन्। नेपालमा आमा वा बाबुविनाको नातेदारी व्यवस्थाको विकास गर्ने व्यवस्थालाई हठात रूपमा हालै जारी भएको मुलुकी देवानी संहिता, २०७४ को दफा १०९ मा स्वीकार गरी लागुसमेत गरिएको छ । तर कस्तो किसिमको सामाजिक संरचना र नातेदारी प्रणाली विकास गर्न खोजिएको हो ? त्यो भने स्पष्ट हुँन सकेको छैन । उक्त दफामा भनिएको छ कि ‘पति पत्नीको मञ्जुरीले अन्य कुनै व्यक्तिको विर्यबाट कृत्रिम गर्भाधान प्रणालीद्वारा जन्मिएको शिशु विवाहित पतिबाट नै जन्मिएको मानिनेछ । सोहीबमोजिम पितृत्वको निर्धारण हुनेछ ।’ प्रत्येक व्यक्तिले आफू जन्मेपछि आआफ्नो धर्म, संस्कृति, चलन र परम्पराअनुसार आमाबाबुले नाम राख्नैपर्ने बालबालिका सम्बन्धी महासन्धिलाई नेपालले समेतले अनुमोदन गरेकाले सोसम्बन्धी राष्ट्रिय कानुन बनाउनैपर्ने बाध्यता पनि छ । सोहीबमोजिम सर्वोच्च अदालतबाट विषेश कानुन नबनाइ सरोगेसी आमाको व्यवस्था कार्यान्वयन नगर्नू÷नगराउनू भनिएकामा केवल विशेष कानुनको सट्टा सामान्य कानुनको हैसियत राख्ने मुलुकी देवानी संहितामा सामान्य ब्यवस्था मात्र गरेर लागु गरिएको छ । विर्यदान र कृतिम गर्भाधानः विर्यदान भनेको तेस्रो पुरुषको विर्य कृतिम गर्भाधान गराउन चाहने महिलालाई विर्य बैंक वा क्लिनिकमार्फत दिइने प्रक्रिया हो। जसबाट गर्भ रही बच्चा जन्मिनेसम्मको प्रक्रियालाई लिइन्छ । यो प्रक्रिया अप्रत्यक्ष रूपमा गरिन्छ । प्रत्यक्ष रूपमा भने एकल महिला, लेस्बियन वा अविवाहित महिलाले चाहेको खण्डमा पनि गर्ने गरिन्छ तर विवाहित महिलालाई भने आफ्नो लोग्नेसँगको सहबासबाट बच्चा जन्मिएन भने तेस्रो
पुरुषको विर्य अप्रत्यक्षरूपमा कृतिम तरिकाले निजको पाठेघरमा पु¥याइ गर्भाधान गर्ने गरिन्छ । उक्त विर्य आफ्नो लोग्नेको नभए पनि उक्त विर्यदानलाई बच्चा जन्माउने कार्यका लागिसम्म स्वीकार गर्ने गरिन्छ । यस्तो व्यवस्थालाई तेस्रो व्यक्तिद्वारा गरिने गर्भाधान भन्ने गरिन्छ । विर्यदान गर्ने तेस्रो व्यक्ति जैविक रूपमा बच्चाबच्चीको बाबु त हुन्छ तर कानुनी रूपमा वा वैधानिक रूपमा बाबु बन्न सक्दैन । न त बच्चाप्रति गर्ने कानुनी कर्तव्य, अधिकार रहन्छ । तर बच्चाले मेरो जैविक बाबु को हो? भनेर जान्न चाह्यो भने कानुनी रूपमा अधिकार रहे पनि कानुन मौनरूपमै रहने गर्छ । तर बच्चा अदालतमा गयो भने अदालतले बाबु चिनाउन आदेश दिन भने सक्छ । विर्य दानको पवित्र उद्देश्य लोग्नेको बच्चा जन्माउने क्षमता नभएको अवस्था र बहुविवाहलाई रोक लगाइएका मुलुकहरूमा बच्चा जन्माउने प्रयोजनका लागि मात्र देखिन्छ तर यसको समस्या विभिन्न आयाममा देखिन पुगेको पाइन्छ ।

सरोगेसी आमाः
विर्यदानद्वारा जसको श्रीमती बच्चा जन्माउन सक्षम हँुदिनन्, त्यस्तो अवस्थामा लोग्नेले अर्को तेस्रो महिलालाई पैसा तथा विर्य दिइ महिलाको कोख भाडामा लिई अप्रत्यक्षरूपमा बच्चा जन्माउने र तेस्रो पुरुषले बच्चा लैजाने प्रयोजनका लागि पनि गरिन्छ । यसमा जैविक आमा बच्चा जन्माउने आमा नै हुन्छिन् तर बच्चाले आफ्नी आमासँग बस्न र चिन्न पाउँदैन । आफ्नै वशंज तर अरुहरुको पाठेघरवाट प्रसव बेदनाको सहन विनानै उपलब्ध हुने भएकाले अबको समयमा ब्यस्त संसारमा यो प्रविधी धेरै प्रयोगगरिने प्रष्ट छ ।
नेपाल जस्तो गरिब अनि बिकासोन्मुख देशले पनि सरोगेसी उपर कानुन नबनाए बेरोजगार महिलाहरुको फाईदा उठाँउदै मानव तस्करले नेपालमा राजगर्न सक्ने भय जगजाहेर छ । नेपालमा पनि आजभोली धेरै वटा सुप्रसिद्ध होटलका कोठाहरु एकैफेर महिनौकलागी बुक हुने क्रम वढ्दो छ, गुपचुप सरोगेसीको कारणले विदेशीहरुले फर्कदा वच्चा लिएर जाने अनि भारत हुँदै तेश्रो मुलुक जाने विदेशी दम्पतीको सख्याँ वढिरहेको छ ।
हरेक कुराको राम्रो र नराम्रो दुबै पाटो हुन्छ, सरोगेसी आँफैमा नराम्रो हैन्। सरोगेसीले पाठेघर नभएका र पाठेघरका समस्या भएका दम्पतीहरुलाई सन्तान सुख दिन्छ । अर्कोतर्फ सरोगेसीहरुलाई रोजगार पनि दिन्छ तर यसलाई ब्यवस्थित गरिनु पर्छ । यदि राज्यले समयमै यसतर्फ ध्यान दिन नसके हाम्रो जस्तो विकासोन्मुख देश मानव उत्पादनको कारखाना बन्न सक्छ । यसतर्फ राज्यले समयमै सोच्ने बेला आएको छ ।
अन्तर्राष्ट्रिय अभ्यासः
स्विडेनको एक अध्ययनमा ९४ प्रतिशत विर्यदान गर्ने पुरुष एकल महिलालाई र ८५ प्रतिशत पुरुष लेस्बियन महिलालाई विर्यदान गर्न इच्छुक भएको पाइयो । यसको कारण प्राकृतिक नाता रहने र तेस्रो पुरुष वा महिला नरहने हुँदा यस्तो तथ्यांक देखिन गएको पाइन्छ । बेलायतमा कृतिम गर्भाधान गरिए पनि दाताले आफ्नो नाम सार्वजनिक गर्न रुचाउँदैनन् । स्विडेन, नर्वे, नेदरल्यान्ड्स, ब्रिटेन, स्विट्जरल्यान्ड, अस्ट्रेलिया, न्युजिल्यान्ड र जर्मन आदि मुलुकमा कृतिम गर्भाधान गर्ने व्यवस्था कानुनी रूपमै छ। तर अब भने यी मुलुकमा सयौँ वर्षदेखिको अनुभवले गर्दा कृतिम गर्भाधान भन्दा तेस्रो व्यक्तिको प्राकृतिक गर्भाधानलाई कानुनी रूपमा बलियो बनाउँदै लगिएको पाइन्छ । नेपालमा विर्यदान गर्ने सामान्य कानुनी व्यवस्था गरिए पनि विर्य संकलन गर्ने बैंक, एजेन्सी वा भरपर्दो क्लिनिकविना सम्भव पनि देखिँदैन । त्यस्तै कृतिम गर्भाधान शत प्रतिशत सफल पनि नहुने हुँदा प्रत्यक्ष रूपमा श्रीमान् वा श्रीमतीको अनुमति लिएर बच्चा जन्माउन चाहने महिला वा पुरुष विश्व बजारमा देखिन्छन् । त्यसैले विश्व वजारमा अप्रत्यक्ष रूपमा कृतिम गर्भाधानको लोकप्रियता घट्दो देखिन्छ तर हामीकहाँ यसको प्रयोग सामान्य कानुनी रूपमा नै प्रबन्ध गरिएको छ । विर्यदान गर्ने दाता प्रत्यक्ष रूपमा चिनिनुपर्ने, प्रत्यक्ष रूपमा आफूले मन पराएको दातासँग नै प्राकृतिक रूपमा सहबास गरी बच्चा जन्माउँदा भने कम जोखिम हुने आजकल विश्व बजारमा महिलाको माग देखिन्छ । लोकप्रियता त्यतैतर्फ ढल्किएको छ । बरु प्रत्यक्ष गर्भाधान तेस्रो पक्षबाट हुने गरी सुरक्षित कानुन बनाउनेतर्फ विश्वका अधिकांश लोकतान्त्रिक मुलुक अग्रसर भएको पाइन्छ । यसो भयो भने जैविक बाबु पनि हुने, आमा पनि हुने र प्राकृतिक एवं कानुनी अधिकार पनि रहिरहने र नातेदारी प्रथा पनि अन्त्य नहुने, बच्चाबच्ची तथा आमाबाबु प्राकृतिक नातामै रहिरहने मान्यता राखिनेको संख्या वृद्धि हुँदै गइरहेको छ । अतः कृतिम गर्भाधानतर्फ नेपालउन्मुख भयो भने यसले प्राकृतिक नातेदारी प्रथाको अन्त्य भई सामाजिक राज्यसत्ता नै अन्त हुन सक्छ । बाबु वा आमामध्ये एकजनाको आफ्नो बच्चाबच्चीको जैविक नाता नहुने हुँदा भावनात्मक रूपमा बच्चाबच्चीप्रति आकर्षण नहुने, कानुनी दायित्व तथा अधिकार स्थपित हुन सक्दैन। सामजिक तथा धार्मिक विवाद बढ्न सक्छ । यसबाट परम्परादेखि चलिआएको नातेदारी प्रथा र यसबाट प्राप्त हुने कानुनी अधिकार तथा कर्तव्यको अन्त्य नहुने गरी समाजको विद्यमान संरचना नखल्बलिने गरी अन्य कानुनी प्रबन्धसमेत गरी तेस्रो व्यक्तिको प्राकृतिक सम्भोगद्वारा विर्यदान गर्ने गरी लागु गर्नु आजको आवश्यकता हो। सरकारले कम्तीमा पनि यो लागु गर्दा विर्य संकलन गर्ने बैंक, एजेन्सी तथा क्लिनिकको व्यवस्था गर्ने गरी सर्वोच्च अदालतको आदेश बमोजिम सामान्य कानुनका रूपमा रहेको मुलुकी देवानी संहिता भन्दा विशेष ऐन ल्याउनु जरुरी देखिन्छ ।
स्रोतः डा. चन्द्रकान्त ज्ञवाली

 

Comments