
एनसेलले पहिलोपटक दिनको ३० रुपैयाँभन्दा कममा नै अनलिमिटेड भ्वाइस र डाटा सेवा लिन सकिने प्याकहरूसहित विभिन्न नयाँ प्याकहरू सञ्चालनमा ल्याएको छ । आमग्राहकहरूमाझ बढ्दो भ्वाइस र डाटा सेवाको मागलाई ध्यानमा राख्दै कम्पनीले यी नयाँ प्याकहरू ल्याएको बताएको छ ।
भ्वाइस सेवामा एनसेलले ३९ रुपैयाँदेखि ५९९ रुपैयाँसम्म पर्ने छवटा नयाँ प्याकहरू सार्वजनिक गरेको छ, जसमा ७ दिनका लागि मात्र १९८ रुपैयाँमा उपलब्ध अनलिमिटेड अल नेपाल प्याक पनि समावेश छ । यस प्याकमार्फत ग्राहकहरूले दिनको मात्र २८.३ रुपैयाँमा अनलिमिटेड भ्वाइस कल सेवाको फाइदा लिन सक्ने कम्पनीले बताएको छ ।
त्यस्तै, एनसेलबाट एनसेलमा कल गर्न टक टाइम चाहिने ग्राहकहरूले ३ दिनका लागि मान्य अनलिमिटेड डे अन नेट प्याक लिन सक्छन्, जसको मूल्य मात्र ५० रुपैयाँ रहेको छ । त्यसैगरी, ५९९ रुपैयाँमा ग्राहकहरूले ८४ दिन अर्थात् झण्डै तीन महिनासम्म प्रयोग गर्न मिल्ने ९९९ मिनेटको कुनै पनि नेपाली नेटवर्कमा कल गर्न मिल्ने अल नेपाल टक टाइम प्राप्त गर्न सक्छन् ।
भारतमा फोन गरी सम्पर्कमा रहीरहन पर्ने ग्राहकहरूलाई लक्षित गर्दै एनसेलले ४९ रुपैयाँमा २८ दिनसम्म मान्य रहने इन्टरनेसनल लङ डिस्ट्यान्स (आईएलडी) प्याक सञ्चालन गरेको छ, जसअन्तर्गत ग्राहकहरूले भारतमा प्रतिमिनेट मात्र २.९९ रुपैयाँ (करबाहेक) मा फोन गर्न सक्छन् । यो दर हाल लाग्दै आएको शुल्कभन्दा २५ प्रतिशत सस्तो हो ।
सस्तो शुल्कमा बढी मोबाइल डाटाको माग बढिरहेको अवस्थालाई ध्यानमा राख्दै, एनसेलले २ आकर्षक प्याकहरू सार्वजनिक गरेको छ । ९९ रुपैयाँ पर्ने पहिलो प्याकमा ग्राहकहरूले ३ दिनसम्म अनलिमिटेड डाटा लिन सक्छन् । २ हजार ४ सय ९९ शुल्क रहेको दोस्रो प्याकमा ग्राहकहरूले ८४ दिनसम्म अनलिमिटेड डाटाको फाइदा लिन सक्छन् । यसले अनलिमिटेड डाटाको प्रतिदिनको खर्च मात्र २९.८ रुपैयाँमा झारेको छ ।
आफ्नो लोकप्रिय सधैँ अन प्याकअन्तर्गत एनसेलले १ हजार ९ सय ९९ रुपैयाँमा २८ दिनसम्म मान्य रहने अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस सेवा रहेको प्याक सञ्चालनमा ल्याएको छ । त्यसैगरी, ग्राहकहरूलाई १ हजार १ सय ९९ रुपैयाँमा ८४ दिनका लागि १ हजार १ सय ९९ मिनेट अल नेपाल टक टाइम, २५ जीबी डाटा र ९९ एसएमएस पाइने अर्को प्याक पनि उपलब्ध गराएको छ ।
ग्राहकहरूले यी प्याकहरू *१२३# डायल गरेर, एनसेल एपमार्फत वा नजिकैको एनसेल पसल वा सेन्टरबाट लिन सक्ने बताइएको छ ।
-
3 months ago
लेबनानमा इजरायली आक्रमण, २२ जनाको मृत्यु, १२४ घाइते
-
-
Comments