Loading...
Logo
Image

बीवाईडीको ‘एक्सचेन्ज फेस्ट’, पुरानोसँग नयाँ गाडी सट्टापट्टा गर्न पाइने

बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इङ्क प्रालिले ‘एक्सचेन्ज फेस्ट’ बिहीबारदेखि काठमाडौंको भाटभटेनीनजिक रहेको आम्रपाली ब्याङ्केटमा शुरु भएको छ । मेलामा पुराना गाडी ल्याएर बीवाईडीका नयाँ गाडीसँग सट्टापट्टा गर्न पाइने कम्पनीले बताएको छ ।

मेला काठमाडौं उपत्यकाका चार शाेरूमलगायत बुटवल, भैरहवा, इटहरी, बिर्तामोड, जनकपुर, वीरगञ्ज, पोखरा, बनेपा, नेपालगञ्ज र नारायणघाटमा पनि सुरु भएकाे छ ।

साइमेक्सले उपभोक्तालाई एक्सचेन्ज बोनस, लोयल्टी बोनस, फ्रि एशोसरिज र फ्रि चार्जर जडान सुविधा दिने जनाएको छ । कुनै पनि ब्राण्डको पुराना गाडी ल्याएर साट्दा अतिरिक्त मूल्याङ्कन ग्राहकले पाउनेछन् । साथै, ब्राण्डप्रति लोयल ग्राहकलाई लोयल्टी बोनस दिनेछ ।

कम्पनीका अनुसार आइतबारसम्म चल्ने एक्सचेन्ज फेस्टमा कम्पनीका चर्चित मोडल एटो-थ्री, डल्फिन र नयाँ मोडल एम- ६ उपलब्ध हुनेछन् । 

Comments