Loading...
Logo
Image

हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजको आयोजनामा ‘ह्वाइटहाउस फेस्टिभल २०८१’

A+AA-

  • Facebook
  • Messenger
  • Twitter
  • Viber

काठमाडौंको तीनकुनेस्थित हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजले ‘ह्वाइटहाउस फेस्टिभल २०८१’ आयोजना गर्ने भएको छ । कलेजको २५औँ स्थापना दिवसको अवसरमा गर्न लागेको यो फेस्टिभलको तेस्रो शृंखला हो । फेस्टिभल माघ २३, २४ र २५ गते कलेज परिसर तीनकुनेमा हुनेछ ।

माध्यमिक तहका विद्यार्थीलाई पढाइका अतिरिक्त साहित्य, सङ्गीत, कला, खेलकुद, राजनीति लगायतका यावत् क्षेत्रमा सहभागी बनाउने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक शैलेन्द्र अधिकारीले बताए ।

महोत्सवको पहिलो दिन कानुनका विद्यार्थीहरूको मुट कोर्ट, विज्ञान तथा आईटी प्रदर्शनी लगायतका कार्यक्रमहरू राखिएका छन् । मुट कोर्टमा त्रिवि कानुन संकायका सहायक डिन प्राडा ज्ञानेश्वर पराजुली तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी न्यायाधीशको रुपमा रहनेछन् ।
 
कलेजकै पूर्वविद्यार्थी समेत रहेका नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काद्वारा उद्घाटन हुने पहिलो दिनको कार्यक्रममा विज्ञान प्रदर्शनीहरू प्रदर्शन हुने छन् भने विज्ञानः जिज्ञाशाको जवाफ विषयको सत्रमा त्रिवि विज्ञान संकायका पूर्व डिन डा विनिल अर्याल तथा आईटी विज्ञ डा गजेन्द्र शर्मा र इन्जिनियर्स एसोसिएसनका अध्यक्ष सुबासचन्द्र बरालले विद्यार्थीहरूसँग संवाद गर्नेछन् । पहिलो दिनको अर्को सत्रमा  ‘उद्यमः कल्पनादेखि कारोबारसम्म’ शीर्षकमा कलेजकै पूर्वविद्यार्थी तथा खल्ती एपका निर्नेशक अमित अग्रवाल र सीए तथा कन्टेन्ट क्रिएटर अनुपमा संग्रौलाले उद्यमी निरज भट्टको सहजीकरणमा विद्यार्थीहरूसँम्ग संवाद गर्नेछन् ।

पहिलो दिनको अन्तिम सत्रमा शिक्षासँग सम्बन्धित विभिन्न व्यक्तिहरूको संवाद हुनेछ भने विद्यार्थीहरूका विभिन्न प्रतिभा प्रदर्शन हुनेछ । कार्यक्रमस्थलमा विद्यार्थीहरूका प्रदर्शनी राखिएका ४५ वटा स्टल रहनेछन् ।

Comments