Loading...
Logo
Image

उत्पादन कर्णालीमा, काठमाडौंमा व्यापार

कर्णालीसहित देशका विभिन्न भूभागका जैविक उत्पादन काठमाडौंमा उपलब्ध भएका छन् । जैविक कृषि उपजको  प्रयोग र प्रवर्द्धनमा केन्द्रित काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाअन्तर्गत कपनमा ‘मौलिक बजार’ सञ्चालनमा आएको छ ।

देशका ७५३ वटै पालिकाबाट सङ्कलन गरिएका जैविक उत्पादनलाई उपभोक्तासम्म पुर्‍याउने उद्देश्यले सञ्चालनमा आएको बजारमा जुम्लाको मार्सी चामल, हुम्लाको सिमी, मुगुको कोदो, डोल्पाका जडीबुटीलगायत खाद्यान्न पाइन्छ ।

कर्णालीका किसानलाई खेतीमा प्रोत्साहन गर्ने उद्देश्यले बजार सुरु गरिएको हो । 

Comments